लाभांश पारित गर्न लक्ष्मी बैंकले डाक्यो वार्षिक साधारणसभा

  २०७७ पुष ७ गते १२:१३     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले आगामी पुस २८ गते वार्षिक साधारणसभा डाकेको छ । बैंकले प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते आफ्नो २०औं वार्षिक साधारणसभा बोलाएको हो ।

सभाले प्रस्तावित ११.५ प्रतिशत लाभांशलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस र २.५ प्रतिशत नगद लाभांश गरी ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकाे हाे ।

सो प्रयोजनको लागि बैंकको पुस १७ गते बुक क्लोज हुने भएको छ । यससँगै पुस १६ गतेसम्म बैंककाे सेयर किन्ने तथा हाेल्ड गर्ने लगानीकर्ताले बैंककाे लाभांश पाउने छन् ।

हाल बैंककाे चुक्ता पुँजी ९ अर्ब ८१ कराेड रूपैयाँ रहेकाे छ । ९ प्रतिशत बाेनस पछि बैंककाे चुक्ता पुँजी १० अर्ब ६९ कराेड रूपैयाँ पुग्ने छ ।

सम्बन्धित समाचार

लक्ष्मी बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.