गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको पुस २१ गतेदेखि बुक क्लोज

  २०७७ पुष ७ गते १४:१७     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको आगामी पुस २१ गतेदेखि बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाको पुस २१ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज हुन लागेको हो ।

पुस ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा र बुक क्लोजको मिति तय गरेको हो । संस्थाको आगामी वार्षिक साधारणसभा पुस २८ गते बस्ने भएको हो ।

सभाले सेयरधनीलाई ६ करोड ४० लाख रुपैयाँ बोनस र २ करोड ७२ लाख रुपैयाँ नगद(कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी ८६ करोड ४० लाख रुपैयाँ पुग्ने छ ।

सम्बन्धित समाचार

गुहेश्वरी मर्चेन्टले बढायो लाभांशदर, सेयरधनीले दुई वर्षपछि बाेनस पाउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.