मर्ज भए एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त

  २०७७ पुष १० गते १६:३७     विकासन्युज

काठमाडाैं ।एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था मर्ज भएका छन् । शुक्रबार एक समाराेहबिच दुई स‌ंस्थाकाे मर्जरकाे अन्तिम समझौतापत्रमा हस्ताक्षर भएको हाे ।

मर्जर हुने यी दुवै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन । उक्त सम्झौतामा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्थाको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्थाको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या १९३ शाखा हुनेछ ।

मर्जर पश्चात् यि दुई स‌ंस्था एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.