आरएसडीसी लघुवित्तसहित तीन वाणिज्य बैंकको सेयर मूल्य समायोजन, कसकाे कति ?

  २०७७ पुष ११ गते २१:०५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा विभिन्न चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । तीन वाणिज्य बैंक र एक लघुवित्त गरी चार कम्पनीको बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) का अनुसार एभरेष्ट बैंक, प्रभु बैंक, नेपाल बङ्गलादेश बैंक र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । यी सबै कम्पनीको शुक्रबार(पुस १० गते) मूल्य समायोजन भएको हो ।

जसमध्ये एभरेष्ट बैंकको ५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । मूल्य समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८१ रुपैयाँ कायम भएको छ । जबकी कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता ७१५ रुपैयाँमा भएको थियो ।

त्यस्तै, प्रभु बैंकका पनि १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । पछिल्लो कारोबार प्रतिकित्ता ३७५ रुपैयाँमा भएको बैंकको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता ३४१ रुपैयाँ कायम भएको छ ।

नेपाल बङ्गलादेश बैंकको ६ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २५० कायम भएको छ । जबकी बैंकको पछिल्लो कारोबार प्रतिकित्ता २६५ रुपैयाँमा भएको थियो ।

त्यसैगरी, आरएसडीसी लघुवित्तको ९ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ५८१ रुपैयाँ तय गरिएको छ । संस्थाको पछिल्लो कारोबार प्रतिकित्ता ६३३ रुपैयाँमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.