हालसम्मकै ठूलो आईपीओ जारी गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो स्वीकृति

  २०७७ पुष १२ गते १२:४८     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्राथमिक सेयर(आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । बोर्डले बैंकलाई हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्न पुस १० गते स्वीकृति दिएको हो ।

यससँगै बैंकले सर्वसाधारणलाई कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँदरको ८ करोड कित्ता सेयर निष्काशन गर्ने छ ।

उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

कम्पनीले जारी पुँजी अन्तर्गत सर्वसाधारण समूहको लागि छुट्याइएको ४० प्रतिशत (कर्मचारीलाई छुट्याएको ०.२ प्रतिशत समेत) ले हुने ८ अर्ब रुपैयाँको ८ करोड कित्ता सेयर निष्काशन गर्ने भएकाे हाे ।

सम्बन्धित समाचार

हालसम्मकै ठूलो आईपीओ ल्याउँदै इन्फ्रास्ट्रक्चर बैंक, डाक्याे वार्षिक साधारण सभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.