२०७७ पुष १५ गते ११:४५ विकासन्युज
काठमाडौं । बुधबार विभिन्न ११ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सूचीकृत विभिन्न कम्पनीको एकैदिन बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।
सो दिन ४ वाणिज्य बैंक, ४ लघुवित्त, २ फाइनान्स र एक हाइड्रोको गरी कूल ११ कम्पनीको सेयर मूल्य समायोजन भएको हो । यससँगै अबको कारोबार यी ११ वटै कम्पनीको सेयर कारोबार समायोजन पछि कायम भएको मूल्यबाटै शुरु हुने छ ।
४ वाणिज्य बैंक
नबिल बैंकको ३३.५० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । यससँगै बैंकको सेयर मूल्य प्रतिकित्ता एक हजार ३८ रुपैयाँ कायम भएको छ । बैंकको पछिल्लो कारोबार प्रतिकित्ता एक हजार ३८६ रुपैयाँमा भएको थियो ।
ग्लोबल आईएमई बैंकको १४ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३०७ रुपैयाँ कायम भएको छ ।
कृषि विकास बैंकको पछि १५ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४२४ रुपैयाँ कायम भएको छ । जबकी बैंकको पछिल्लो कारोबार प्रतिकित्ता ४८८ रुपैयाँमा भएको थियो ।
नेपाल एसबिआई बैंकको पनि ६ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । पछिल्लो कारोबार प्रतिकित्ता ४०८ रुपैयाँमा कारोबार भएको बैंकको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता ३८५ रुपैयाँ कायम भएको छ ।
४ लघुवित्त
छिमेक लघुवित्त वित्तीय संस्थाको २२ प्रतिशत बोनस पछि सेयर मूल्य समायोज भएको छ । पछिल्लो कारोबार प्रतिकित्ता एक हजार ३८५ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता एक हजार १३५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, २७.४७ प्रतिशत बोनस पछि ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा पछिल्लो कारोबार प्रतिकित्ता एक हजार ७३२ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता एक हजार ३५९ रुपैयाँ कायम भएको छ ।
वोमी लघुवित्त वित्तीय संस्थाको पछि ३० प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ७०३ रुपैयाँ कायम भएको छ । संस्थाको पछिल्लो कारोबार प्रतिकित्ता ९१४ रुपैयाँमा भएको थियो ।
त्यसैगरी, स्पर्श लघुवित्त वित्तीय संस्थाको पनि मूल्य समायोजन भएको छ । १९.५० प्रतिशित बोनस सेयरपछि मूल्य समायोजन भएको संस्थाको सेयर मूल्य प्रतिकित्ता ८१३ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता ९७२ रुपैयाँ थियो ।
२ फाइनान्स
मञ्जुश्री फाइनान्सको १८ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ७.३७ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १८६ रुपैयाँ कायम भएको छ । जबकी संस्थाको पछिल्लो कारोबार प्रतिकित्ता २०० रुपैयाँमा भएको थियो ।
एक हाइड्रो
हाइड्रो समूह अन्तर्गतको ङादी ग्रुप पावरको पनि १० प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । प्रतिकित्ता २४० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता २१८ रुपैयाँमा झरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.