२०७७ पुष १७ गते ९:०२ विकासन्युज
काठमाडाैं । नेप्सेमा एकैदिन विभिन्न १२ कम्पनीकाे सेयर मूल्य समायाेजन भएकाे छ । आज(पुस १७ गते) शुक्रबार मात्रै हिमालयन डिष्टिलरी, मेगा बैंकसहित नेप्सेमा सूचीकृत दर्जन कम्पनीकाे मूल्य समायाेजन भएकाे हाे ।
यससँगै, यी सबै कम्पनीकाे सेयर काराेबार समायाेजन मूल्य पश्चात कायम भएकाे मूल्यदेखि खुल्ने छ ।
मेगा बैंक नेपालको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर कारोबार प्रतिकित्ता २५० रुपैयाँमा खुल्ने छ । जबकी कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता २७५ रुपैयाँमा भएको थियो ।
लक्ष्मी बैंकको ९ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर कारोबार प्रतिकित्ता २६२ रुपैयाँमा खुल्ने छ । जबकी कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता २८६ रुपैयाँमा भएको थियो ।
हिमालयन डिष्टिलरीको ५० प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । यससँगै कम्पनीको सेयर मूल्य ३५२० रुपैयाँ कायम भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५२८० रुपैयाँमा पछिल्लो कारोबार भएको थियो ।
प्राइम लाइफ इन्स्योरेन्सको ७ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको छ । यससँगै कम्पनीको सेयर कारोबार प्रतिकित्ता ७६६ रुपैयाँदेखि खुल्ने छ ।
त्यस्तै, सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको पछि ५ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । पछिल्लो कारोबार प्रतिकित्ता ७०८ रुपैयाँमा भएको कम्पनीको सेयर मूल्य समायोजन पश्चात ६७४ रुपैयाँ कायम भएको छ ।
मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको पनि १६.९४ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको । यससँगै संस्थाको सेयर कारोबार प्रतिकित्ता ८६८ रुपैयाँदेखि खुल्ने छ । जबकी संस्थाको पछिल्लो कारोबार प्रतिकित्ता १०१५ रुपैयाँमा भएको थियो ।
१५ प्रतिशत बोनस पछि लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि संस्थाको सेयर प्रतिकित्ता १३३५ रुपैयाँमा कारोबार खुल्ने छ ।
त्यस्तै, विजय लघुवित्तको १९ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको छ । यससँगै दोश्रो बजारमा संस्थाको सेयर कारोबार प्रतिकित्ता १०६८ रुपैयाँमा खुल्ने छ ।
गुडविल फाइनान्सको पनि ८.४० प्रतिशत बोनस पछि मूल्य समायोजन भएको छ । समायोजन पछि फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १९६ रुपैयाँ कायम भएको छ ।
५ प्रतिशत बोनस पछि पोखरा फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । यससँगै दोश्रो बजारमा संस्थाको सेयर कारोबार प्रतिकित्ता १६७ रुपैयाँदेखि खुल्ने छ ।
बुटवल पावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर कारोबार प्रतिकित्ता ४०५ रुपैयाँमा खुल्ने छ । जबकी कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता ४४५ रुपैयाँमा भएको थियो ।
छ्याङ्दी हाइड्रोपावरको पनि ५ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । पछिल्लो कारोबार प्रतिकित्ता १६३ रुपैयाँमा भएको कम्पनीको सेयर मूल्य समायोजन पश्चात १५५ रुपैयाँ कायम भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.