२०७७ पुष १९ गते १५:१० विकासन्युज
काठमाडौं । आइतबारको बजारमा आईसीएफसी फाइनान्सको सेयर मूल्य बढेको छ । मूल्य समायोजन पछि कारोबार भएको पहिलो दिनको बजारमा संस्थाको सेयर मूल्य बढेकाे हाे ।
संस्थाको आज (आइतबार) मात्रै १०.५० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन सँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको थियो । आइतबार प्रतिकित्ता २६२ रुपैयाँमा कारोबार खुलेको संस्थाको सेयर मूल्य बढेर २६६ रुपैयाँ पुगेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.