नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सबैले पाउँछन्- बिक्री प्रबन्धक

  २०७७ पुष २१ गते १२:०४     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सबैले पाउने सेयर निश्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । क्यापिटलले बैंकको आईपीओमा आवेदन दिने सबै आवेदकले बैंककाे सेयर हात पार्ने बताएको हो ।

हाल पुँजीबजारको अवस्थालाई अध्ययन गर्दा यो आईपीओ भर्ने कसैको पनि हात खालि नहुने अनुमान गरिएको क्यापिटलले जनाएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपालको पुँजीबजारको इतिहासमै सबैभन्दा ठूलोे ८ अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्काशन(आईपीओ) निष्काशन गर्दै छ । बैंकले आगामी माघ २ गतेदेखि माघ ६ गतेसम्म सो मात्राको अर्थात ८ करोड कित्ता सेयर बिक्रीमा राख्न लागेको हो ।

यस निष्काशनका लागि यस अघि नै निष्काशन कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंकले एनआईबिएल एस क्यापिटललाई आफ्नो बिक्री प्रबन्धक नियुक्त गरेकोले यो निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत हुन गईरहेको छ ।

जम्मा २० अर्व चुक्ता पुँजी रहेको यस बैंकको १२ अर्ब रुपैयाँ संस्थापकहरुबाट चुक्ता भैसकेको छ भने बाँकी रकम यस निष्काशनबाट चुक्ता हुनेछ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(एनआईएफआरए)को स्थापना बैंक तथा वित्तिय संस्था(बीएफआई), जीवन तथा गैरजीवन बीमा कम्पनी, उद्यमीहरु तथा अन्य निजी क्षेत्रका अग्रणी संस्थाका समूह, तथा नेपाल सरकारको संयुक्त सहभागितामा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.