फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले साढे ३१ प्रतिशत लाभांश दिने

  २०७७ पुष २३ गते १०:४२     विकासन्युज

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र ६.५८ प्रतिशत नगद (कर समेत) गरी ३१.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ५० करोड ४ लाख रुपयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ६२ करोड ५५ लाख रुपैयाँ पुग्ने छ ।

संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३२.५ प्रतिशत बोनस र १२.५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.