२०७७ पुष २३ गते ११:१२ विकासन्युज
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले उच्च लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत लाभांश घोषणा गरेको हो । जुन अघिल्लो आवको तुलनामा बढी हो ।
संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको ७.३६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
पुस २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
हाल संस्थाको चुक्ता पुँजी ११ करोड ७ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १२ करोड ७३ लाख रुपैयाँ नाघ्ने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.