२०७७ पुष २४ गते १२:१८ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले थप १० वटा वित्तीय संस्थालाई रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा जोडिन अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै १० वटा वित्तीय संस्थाहरु मार्फत आरटिजीएस प्रणालीमा जोडिएको जनाएको हो ।
‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाहरु आजदेखि आरटीजीएस प्रणालीमा जोडिएका हुन् ।
यसअघि वाणिज्य बैंकहरु आरटीजीएस प्रणालीमा आवद्ध भइसकेका छन् । अहिले विकास बैंक र वित्त कम्पनी पनि आरटीजीएस प्रणालीमा जोडिएका हुन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.