ब्रोकरको नाफामा फेरि लाग्यो कैँची, १ प्रतिशत रकम सीएसआरमा छुट्टयाउनु पर्ने

  २०७७ पुष २७ गते १५:०१     विकासन्युज

काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्ने कमिसन घटाउँदा आफूहरुको आम्दानी प्रभावित भएको भन्दै असन्तुष्ट बनेका सेयर ब्रोकरको आम्दानीमा फेरि कैची लागेको छ ।

धितोपत्र बोर्डले अबदेखि सेयर बजार सम्बद्ध सबै पक्षको खुद नाफाबाट १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अनिवार्य रुपमा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

धितोपत्रको प्राथमिक बजार देशभर ७७ जिल्लामा नै पुगेर एउटै प्रारम्भिक सार्वजनिक निष्काशनमा १० लाखभन्दा बढी लगानीकर्ताको सहभागिता भइरहेको तथा दोस्रो बजारमा समेत अनलाइन प्रणालीको प्रयोग भई देशका प्रमुख शहरबाट कारोवार गर्न सक्ने व्यवस्था भएका कारण बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढ्दै गएको छ । यस्तो अवस्थामा प्रविधिमैत्री हुने गरी लगानीकर्ता शिक्षा तथा सचेतनामा विशेष जोड दिनुपर्ने र यसका लागि धितोपत्र बजार सम्बद्ध सबै पक्षहरुको सहभागीताको आवश्यकता देखिएको बोर्डको भनाई छ ।

‘केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुले आफ्नो खुद मुनाफाको कम्तिमा १ प्रतिशत रकम छुट्टयाई संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य विशेष गरी लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धि कार्यमा खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप खर्चको वितरण हुनुपर्ने व्यवस्था गरिएको छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मर्चेन्ट बैंकरका सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था कार्यान्वयनमा आइसकेको छ ।

धितोपत्र व्यवसायीको खुद नाफाबाट १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाउने र प्रमुख रुपमा उक्त कोषमार्फत् लगानीकर्ताको ज्ञान तथा सचेतना अभिबृद्धि गर्ने कार्यका लागि आवश्यक बजेटको व्यवस्था भई लगानीकर्ताका लागि धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन हुने भएकोले लगानीकर्ताले सूसुचित निर्णय लिन सहयोग पुगी लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.