महालक्ष्मी विकास बैंकले संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने

  २०७७ माघ ६ गते १२:२९     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ । संस्थाले हाल रहेको संस्थापक र सर्वसाधारण सेयर समूहको अनुपात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्ने भएको हो ।

यसअघि संस्थाको संस्थापक र सर्वसाधारण सेयर समूहको अनुपात ५२.४९ र ४७.५१ रहेको थियो । विकास बैंकले नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन अनुसार हालको सेयरधनी अनुपातलाई रुपान्तरण गर्न लागेको हो ।

यससँगै आफ्नो नाममा रहेको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्न नचाहने सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स्वः घोषणा विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ । उनीहरुले उक्त विवरण काठमाडौंको दरबारमार्गमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने छ ।

यदि ताेकिएकाे म्यादभित्रै स्वःघाेषणा विवरण पेश नगर्ने सेयरधनीकाे पछि उजुरी नलाग्ने कम्पनीले जानकारी गराएकाे छ । कम्पनीले आज माघ ६ गते उक्त सूचना जारी गरेकाे हाे । यससँगै स्वःघाेषणा विवरण पेश गर्नेले याे मितिकाे ३५ दिनभित्रै बुझाउनु पर्ने छ ।

साथै, सेयर अभाैतिकीकरण नगर्ने सेयरधनीले समयमै सेयर अभाैतिकीकरण गराउन कम्पनीले आग्रह गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.