२०७७ माघ ७ गते १८:०८ विकासन्युज
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ) माघ ९ गते शुक्रबार बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले उक्त सेयरको बाँडफाँड शुक्रबार गर्ने बताएकाे हो ।
क्यापिटलले आईपीओको प्रिअलोटमेन्ट भने आज बुधबार नै गरिसकेको छ । जसअनुसार कूल १२ लाख ११ हजार ११५ जना आवेदकले २ करोड २८ लाख २० हजार २१० कित्ता सेयरको लागि दिएकाे आवेदन रितपूर्वक रहेका छन् भने बाँकी ४० हजार बढी आवेदन रद्द भएका छन् ।
पुस २८ गतेसम्म निष्काशन भएकाे कम्पनीकाे आईपीओमा कुल १२ लाख ५१ हजार ९३८ जना आवेदकले २ करोड ४४ लाख २९ हजार ८४० कित्ता सेयर माग गरेका थिए । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा साढे १७ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्काशन गरेको थियो ।
कम्पनीले गत पुस २४ गतेदेखि १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्रीमा राखेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको थियो । र, बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरेको हो ।
याे पनि पढ्नुहाेस्
Copyright © 2024 Bikash Media Pvt. Ltd.