प्रचण्ड-माधव पक्षले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाटै हटायो

  २०७७ माघ ११ गते २०:०३     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि हटाएको छ । पार्टी कार्यालय परिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।

बैठकपछि संचारकर्मीहरुसँग बोल्दै नेता नारायणकाजी श्रेष्ठले पार्टीको अध्यक्ष समेत रहेका ओलीलाई पार्टी अनुशासन उल्लंघन गरेकोले कारबाही गरेको बताए । प्रधानमन्त्रीले संसद विघटन गरे लगत्तै असन्तुष्ट बनेका प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई यसअघिको बैठकले कारबाही किन नगर्ने भनि स्पष्टीकरण सोधेको थियो ।

यस्तै आज बसेको स्थायी कमिटी बैठकले पार्टी केन्द्रिय कार्यालयको सचिवमा स्थाई समिति सदस्य गंगालाल तुलाधरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । प्रचण्ड नेपाल पक्षको स्थायी कमिटीको अर्काे बैठक दुई दिनपछि बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.