हालसम्मकै ठूलो सौर्य उर्जा बन्दै, २५० मेगावाट क्षमता रहेकाे लागत करिब १९ करोड अमेरिकी डलर

  २०७७ माघ १३ गते १७:२०     विकासन्युज

काठमाडौं । नेपालमा हालसम्मकै ठूलो क्षमताको सोर्य उर्जा निर्माण हुने भएको छ । ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजना बन्ने भएकाे हाे ।

यसका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न नेपाल सरकार, लगानी बोर्डको कार्यालय र राइजेनइनर्जी सिंगापुर जेभीबीच समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको हो ।

समझदारी पत्रका अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः१२५ मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्यऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ ।

उक्त परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेकोछ । लगानी बोर्ड कार्यालयमा सम्पन्न सम्झैतामा बोर्डका कार्यालयकातर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट उक्त कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ्ले हस्ताक्षर गरे ।

समझदारी पत्रका अनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिना भित्र डीएफएसआर तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनु पर्नेछ । २०७७ असार ५ मा बसेको लगानी बोर्डको ४४औं बैठकले उक्त कम्पनीलाई डीएफएसआर तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो। उक्त परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.