२०७७ माघ १३ गते १८:०८ विकासन्युज
काठमाडाैं । एक सातायता निरन्तर उकालो लागिरहेको बजार आज मंगलबार भने दोहोरो अंकले घटेको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको नेप्से परिसूचक अन्ततः १७.७९ अंकले घटेर २४२३ बिन्दुमा बजार बन्द भएको छ । जुन सोमबारको तुलनामा ०.७३ प्रतिशतले घटी हो । यस्तै सरकारले आगामी बैशाख १७ र २७ गतेका लागि मध्यावधी निर्वाचनकाे घाेषणा गरेकाे छ । निर्वाचन घाेषणा भए पनि सरकालाई निर्वाचनकाे खर्च जुटाउन भने सकस देखिएकाे छ ।
आज मात्रै अर्थमन्त्री विष्णु पाैडेलले निर्वाचनमा सहयाेग गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । ६९ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आफ्नो धारणा राख्दै अर्थमन्त्री पौडेलले निर्वाचनमा निजी क्षेत्रको सहयोग र भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
यी हुन् आज दिनभरका सामग्री
एक सातायता निरन्तर उकालो लागिरहेको बजार आज मंगलबार दोहोरो अंकले घटेको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको नेप्से परिसूचक अन्ततः १७.७९ अंकले घटेर २४२३ बिन्दुमा बजार बन्द भएको छ । जुन सोमबारको तुलनामा ०.७३ प्रतिशतले घटी हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.५८ अंकले घटेर ४४७.२४ बिन्दुमा झरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निर्वाचनका लागि निजी क्षेत्रको सहयोग चाहेको बताएका छन् । सरकारले आगामी बैशाख १७ र २७ का लागि घोषणा गरेको मध्यावधि निर्वाचन गर्नको लागि निजी क्षेत्रको सहयोग आवश्यक हुने बताएका हुन् । ६९ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आफ्नो धारणा राख्दै अर्थमन्त्री पौडेलले निर्वाचनमा निजी क्षेत्रको सहयोग र भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
सरकारका मन्त्रीहरुले कानुन अनुसार आफूहरुको सम्पत्ति विवरण सार्वजनिक नगरी गोप्य राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार भ्रष्टाचार निवारण र सुशासन कायम गराउन सफल भइरहेको दाबी गरिरहेका बेलामा उनकै मन्त्रिपरिषदका २० मन्त्री तथा राज्यमन्त्रीले कानुन अनुसार सम्पत्ति विवरण सार्वजनिक नगरेका हुन् ।
पछिल्लो समय काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गको निर्माण काम तीव्र गतिमा भइरहेको छ । केही हप्ता अगाडि स्थानीयहरुको अवरोधका कारण केही समस्या भएको सुरुङमार्गको काम पछिल्लो समय भने तीव्र गतिमा अगाडि बढेको हो ।
नयाँ करोडपति र अरबपतिहरूको संख्या हरेक बर्ष बढ्दै गएको छ । धेरै जसो आमाबाबुको स्वामित्व प्रायः जसो बच्चाहरूलाई नै हस्तान्तरण गरिन्छ, । फलस्वरुप उनीहरु विद्यालय नै जाने उमरे नै भएको हुँदैन विश्वका धनी बच्चाहरुको नामा परिचित हुन्छन् । उनीहरू स्कूलमा पैदल हिड्नु अघि नै उनीहरू धनी बन्न पुग्छन् ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ)को प्रिअलोटमेन्ट भोलि बुधबार(माघ १४ गते) हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार माघ ६ गते निष्काशन बन्द भएकाे कम्पनीको आईपीओको प्रिआलोटमेन्ट भोलि हुने भएको हो ।
नेपालमा हालसम्मकै ठूलो क्षमताको सोर्य उर्जा निर्माण हुने भएको छ । ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजना बन्ने भएकाे हाे । यसका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न नेपाल सरकार, लगानी बोर्डको कार्यालय र राइजेनइनर्जी सिंगापुर जेभीबीच समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको हो ।
हाल बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन व्याज प्राप्त भई लगानीको प्रतिफल सन्ताेषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटिने गरी एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेको छ । माघ महिना अघि देखीनै बचतमा बढी ब्याज दिन शुरु गरेको एनएमबि बैंकले सर्वसाधारण ग्राहकलाई वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याज बचतमा ५.१ प्रतिशतसम्म र मुद्दतीमा ८.१ प्रतिशतसम्म प्रदान गरिरहेको छ ।
कपिलवस्तुको बुद्धभूमि-४ बुड्डीस्थित सूर्य बहुउद्देश्यीय सहकारी संस्थाले सुपथ मूल्यका पसल सञ्चालन गरेको छ । सहकारीले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा सुपथ पसल सञ्चालन गरेको हो । सुपथ पसल नाम दिएर सञ्चालनमा ल्याएको उक्त पसलले सुपर मार्केटको झल्को दिने गरी सञ्चालनमा आएको छ ।
देशभरि रहेका ६२ अस्पतालका १२० केन्द्रबाट कोभिड-१९ विरुद्धको खोप लगाइने
कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौं उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे गर्ने खोपको भर्चुअल शुभारम्भ गर्नेछन् । काठमाडौं उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.