२०७७ माघ १५ गते १२:२३ विकासन्युज
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै आजबाट कृष्णपाउरोटी चोक र गैरिधारामा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याएको छ ।
महाशाखाले कृष्णपाउरोटी चोकमा प्राईम कमर्सियल बैंक र गैह्रीधारामा सनराइज बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाईट जडान गरेको हो ।
नयाँ जडान गरिएको कृष्णपाउरोटी चोकको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र प्राईम बैंकका एसिसटेन्ट जेनरल मेनेजर अनिता प्रधानले संयुक्त उद्घाटन गरे भने गैह्रिधाराको ट्राफिक लाईट महाशाखा प्रमुख भट्टराई र बैंकका सिईओ जनक शर्मा पौडेलले गरेका हुन् ।
महाशाखाले हालसम्म उपत्यकाको मुख्य मुख्य ३० वटा चोकहरुमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन गर्दै आएको छ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा लाईट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।
ट्राफिक लाईट सञ्चालनमा आएका चोकहरुमा लाईटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.