विनोद चौधरीको नेतृत्वमा गरिखाने अभियान सुरु, सातै प्रदेशमा स्थायी संरचना बनाउने

  २०७७ माघ १५ गते १५:५४     विकासन्युज

काठमाडौं । अर्बपति तथा उद्योगी विनोद चौधरीको नेतृत्वमा नेपाली कांग्रेसले ‘गरीखाने अभियान’ सुरु गरेको छ । काँग्रेसले बिहीबार पत्रकार सम्मेलन गरेर गरिखाने अभियान सुरु भएको बताएको हो । नेपालीको जीवनस्तर रुपान्तरण गर्ने गरी गरीखाने अभियान सुरु भएको बताइएको छ ।

चौधरीले कुनै पनि राष्ट्र सम्पन्न हुने परिकल्पना गर्नका लागि सबैभन्दा पहिला समाजमा गरीखाने वर्गप्रतिको भावना सकारात्मक हुनुपर्ने बताए

गरीखाने अभियानको ७ वटै प्रदेशमा स्थायी संरचना बनाउने कांग्रेसले जनाएको छ । जस अन्तर्गत आज प्रदेश २ को विरगञ्जमा पहिलो छलफल भएको हो ।

पूँजीको कुनै अभाव छैन, विना धितो प्रमाणपत्रको आधारमा ऋण उपलब्ध छ भन्ने उद्घोष दिनदिनै सुनेका छौं । तर कतिले रोजगारी पाए त ? कति उद्यम खडा भए त ? नवप्रवर्तन उद्यमी कति खडा भए त ? भन्ने गम्भीर प्रश्न पनि उभिएको चाैधरीले बताए ।

‘कोरोना भाइरसको महामारीका कारण धेरै व्यवहारिक कठिनाइ सिर्जना भए, त्यसको हामीले सामना गरिसकेका छौं, यो अभियानको उद्देश्य खासगरी बेरोजगारी समस्या, आपूर्ति र उत्पादन तथा माग र उत्पादनबीचको खाडल पूर्ति गर्ने हो,’ उनले भने ।

अब उद्यम लगानी र पूर्वाधार दिगो विकासको प्लेटफर्म बन्नु पर्ने उनको भनाई छ । ‘युवाले म यो काम गर्न चाहन्छु भन्दैमा काम सम्पन्न हुन सक्दैन, कामलाई योजनाको रुप दिन सक्नुपर्छ, बैंकले पत्याउने हिसाबले प्रस्तुत गर्न सक्नुपर्छ, सही ढंगले कार्यान्वयन गर्न सक्नुपर्दछ, सफलताका साथ सञ्चालन हुने ठाउँमा पुर्याउनुपर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.