आज दिनभर: अधिकांश बैंकको नाफा ऋणात्मक, बजार विस्तारमा वर्ल्डलिंक आक्रामक

  २०७७ माघ १५ गते १८:०९     विकासन्युज

काठमाडाैं । कोभिड–१९ महामारीको असर बैंकहरुको व्यालेन्ससीटमा देखिएको छ । संचालनमा रहेका २७ मध्ये अधिकांश वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रभावित भएको छ । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अपरिष्कृत वित्तीय विवरणले उनीहरुको नाफा गत वर्षको तुलनामा घटेको देखाएको छ ।

यस्तै, इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले देशका सातै प्रदेशमा पर्ने गरी प्रमुख १४ सहरमा डेटा सेन्टर स्थापना गर्ने भएको छ । अहिले संचालनमा रहेका डेटा सेन्टर अधिकतम प्रयोगमा रहेको र विश्वस्तरीय डेटा सेन्टर नभएकोले नयाँ डेटा सेन्टर स्थापना गर्न लागिएको हो ।

यी हुन् आज दिनभरका सामग्री

 सिमेन्टको मूल्य बढेको बढ्यै

निर्माणको सिजनमै बढेको फलामजन्य निर्माण सामग्रीहरुको मूल्य घटिरहेको बेला सिमेन्टको मूल्य भने दैनिक बढ्दै गएको छ । केही दिन यता बढ्दै गएको सिमेन्टको मूल्य अहिले २० देखि २५ रुपैयाँसम्म बढेको हो ।

विनोद चौधरीको नेतृत्वमा गरिखाने अभियान सुरु

अर्बपति तथा उद्योगी विनोद चौधरीको नेतृत्वमा नेपाली कांग्रेसले ‘गरीखाने अभियान’ सुरु गरेको छ । काँग्रेसले बिहीबार पत्रकार सम्मेलन गरेर गरिखाने अभियान सुरु भएको बताएको हो । नेपालीको जीवनस्तर रुपान्तरण गर्ने गरी गरीखाने अभियान सुरु भएको बताइएको छ ।

गोल्छाले समेटे महासंघका ९ पूर्व अध्यक्ष

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पूर्व अध्यक्षहरुलाई विभिन्न जिम्मेवारी दिदै समेट्ने पहल गरेका छन् । पूर्व अध्यक्ष पशुपति मुरारकालाई महासंघको विशिष्ठ सदस्य बनाएका अध्यक्ष गोल्छाले थप ८ जना पूर्व अध्यक्षहरुलाई विभिन्न जिम्मेवारी प्रदान गरेका छन् ।

वर्ल्डलिंकले सातै प्रदेशका डेटा सेन्टर बनाउने

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले देशका सातै प्रदेशमा पर्ने गरी प्रमुख १४ सहरमा डेटा सेन्टर स्थापना गर्ने भएको छ । अहिले संचालनमा रहेका डेटा सेन्टर अधिकतम प्रयोगमा रहेको र विश्वस्तरीय डेटा सेन्टर नभएकोले नयाँ डेटा सेन्टर स्थापना गर्न लागिएको हो ।

विवरण प्रकाशित गर्ने १७ मध्ये ४ बैंकको मात्रै बढ्यो नाफा

कोभिड–१९ महामारीको असर बैंकहरुको व्यालेन्ससीटमा देखिएको छ । संचालनमा रहेका २७ मध्ये अधिकांश वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रभावित भएको छ । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अपरिष्कृत वित्तीय विवरणले उनीहरुको नाफा गत वर्षको तुलनामा घटेको देखाएको छ ।

बिहीबार पौने १० अर्बको कारोबार

बिहीबारको बजारमा करिब पौने १० अर्बको सेयर कारोबार भएको छ । सो दिन कूल २०९ कम्पनीको कूल ९ अर्ब ७४ करोड ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जुन हालसम्मकै उच्च काराेबार हाे ।

सुनको मूल्यमा झिनो गिरावट

स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा झिनो गिरावट देखिएको छ । मङ्गलबारका तुलनामा बुधबार तोलामा नै ७०० ले घटेको सुन आज भने तोलामा १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा रु ९२ हजार मूल्य निर्धारण भएको छ ।

नेपालमा भ्रष्टाचार झन् बढ्यो

नेपालाम भ्रष्टाचार झन् बढ्दै गएको देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज संसारभर एकसाथ भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्दै नेपालमा भ्रष्टाचार झन बढ्दै गएको देखाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.