२०७७ माघ १५ गते १८:४६ विकासन्युज
काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले जारी गरेको ‘सानिमा लार्ज क्याप फण्ड’ मा एक अर्ब बढीकाे आवेदन परेकाे छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार अन्तिम दिन अर्थात माघ १५ गते बिहीबार साँझ ५ बजेसम्ममा ७५ हजार ८८४ जनाले कूल एक अर्ब ६ कराेड ६६ लाख ९४ हजार ५ सय रूपैयाँ बराबरकाे आवेदन दिएका छन् ।
साे अवधिमा ७५ हजार बढीले १० कराेड ६६ लाख ६९ हजार ४५० इकाईकाे लागि माग गरेका क्यापिटलले जनाएकाे छ । जुन संस्थाले माग गरेकाे भन्दा बढी आवेदन हाे । यद्दपि, सबै आवेदन संकलन भइनसकेकाेले उक्त संख्या केही मात्रामा बढ्न सक्ने छ । यससँगै उक्त फण्डमा लगानी गर्ने म्याद आज माघ १५ गतेबाट सकिएकाे छ ।
सानिमा इक्विटी फण्डले गत माघ ९ गते शुक्रबारदेखि प्रतिइकाई १० दरको १० करोड इकाई अर्थात १ अर्ब रुपैयाँको उक्त फण्ड निष्काशन गर्न गरेको हो । जुन ७ वर्षे बन्दमुखी योजना हो ।
योजनामा न्यूनतम १०० इकाई अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १ करोड ईकाई अर्थात १० करोड रुपैयाँसम्म लगानी गर्न सकिनेछ । यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले मेरो सेयर मार्फत वा आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन् ।
इकाई खरिदका लागी अधिकमाग भएको अवस्थामा प्रचलित धितोपत्र सम्बन्धी कानुनको अधिनमा रहि योजनाको आकारलाई अधिकतम १ अर्ब २० करोड रुपैयाँसम्म पुर्याउन सकिनेछ ।
सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो योजना सानिमा इक्विटी फण्डले सञ्चालनको ३ वर्ष अवधि पुरा गरेको छ । योजनाले ईकाईधनीहरुलाई पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष ७ प्रतिशत गरि जम्मा १७ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । साथै, सानिमा इक्विटी फण्डको माघ २ सम्मको प्रति ईकाई खुद सम्पत्ती मूल्य १६.३७ रुपैयाँ रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.