चन्द्रागिरी हिल्सकाे सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

  २०७७ माघ १५ गते २०:५६     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि उक्त क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो ।

सो सम्बन्धमा आज (माघ १५ गते) बिहीबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा चन्द्रागिरी हिल्स लि.र क्यापिटलबीच सम्झौता भएको छ । सम्झौतापत्रमा चन्द्रागिरी हिल्सको तर्फबाट वित्त प्रमुख विष्णु गौतम र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले हालै मात्र स्थानिय बासिन्दा र सर्वसाधारणमा सेयर जारी गरी सेयर आवेदन गर्ने सबै नेपाली नागरिकलाई १ वर्षसम्म केबुलकारको टिकट यात्रामा २५ प्रतिशत छुट दिई आन्तरिक पर्यटनलाई प्रोत्साहन गरेको छ । जसको अधिकृत पुँजी २ अर्ब रुपैयाँ र जारी पुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न कम्पनीले केबुलकार सञ्चालनमा ल्याई चन्द्रागिरीलाई एक उत्कृष्ट गन्तब्य स्थलको रुपमा परिचित गराएको छ भने भ्यु टावर र बुटिक होटेल पनि सञ्चालनमा ल्याइसकेको छ । त्यसैगरी, निकट भविष्यमा जिपलाइन परियोजना अन्तर्गत विभिन्न शाहसिक खेलहरु पनि सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.