२०७७ माघ १७ गते ८:५१ विकासन्युज
काठमाडौं । कोभिड महामारीपछि भारतमा वाईवाई चाउचाउको बिक्री ५० प्रतिशतले बढेको छ । कोभिड महामारीसँगै लकडाउन हुनु, लामो समय होटल तथा रेष्टुरेन्ट बन्द हुनु, रेल, बस, हवाई जस्ता सार्वजनिक यातायातका साधान बन्द हुनु जस्ता कारणले भारतमा ड्राइ फूडको खपत बढेको थियो ।
सन् २०१९ मा भारतमा ७ अर्ब भारु मूल्य बराबरको वाईवाई बिक्री भएकोमा सन् २०२० मा १० अर्ब भारु (१६ अर्ब नेरु) बराबरको बिक्री भएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बताएका छन् । फर्च्युन अनलाइनसँगको अन्तरवार्तामा उनले एक वर्षमा भारतमा मात्र ३ अर्ब प्याकेट वाईवाई बिक्री भएको र त्यो विश्वको नुडल्स मार्केटको १ प्रतिशत रहेको बताएका छन् ।
कोभिडका कारण २०२०मा नुडल्स मार्केट राम्रो भएपनि होटल क्षेत्रमा अनपेक्षित रहेको उनले बताएका छन् । सन् २०२१ मा होटल क्षेत्रले पनि राम्रो आर्जन गर्ने उनको विश्वास छ ।
उनले भारतमा हटसस, इन्स्ट्यान्ट पास्ता र नयाँ बिस्कुट उत्पादन गर्न लागिएको र आगामी फेब्रुवरीबाटै बजारमा आउने उनले बताएका छन् ।
फुड विजनेश विस्तारको लागि आईपीओ जारी गर्ने तयारी भैरहेको पनि उनले बताकाए । ‘पुँजी बजारको विकास राम्रो भएको छ । सहि समय आएको छ । हामी धेरै उत्साहका साथ आईपीओ जारी गर्न गइरहेकाे छौं’ चौधरीले भनेका छन् ।
वाईवाई चौधरीले स्थापित गरेको नेपाली ब्राण्ड हो, जो भारत लगायत विश्वका धेरै देशहरुका उत्पादन र बिक्री हुँदै आएकाे छ । नेपालमा पनि वाईवाई सबैभन्दा धेरै बिक्री हुने चाउचाउ हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.