२०७७ माघ १९ गते १९:२० विकासन्युज
काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. (एनबीआई) र नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए) बीच तालिम कार्यक्रम संचालन तथा परामर्श सेवा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र नेपाल लघुवित्त बैंकर्स संघका तर्फबाट कार्यकारी निर्देशक प्रेम कृष्ण मानन्धरले हस्ताक्षर गरेका हुन् ।
यस समझदारी पत्र अनुसार एनबीआईले लघुवित्त संस्थाहरुमा कार्यरत कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । साथै, एनएमबीएका सदस्य लघुवित्त संस्थाहरुले तालिम कार्यक्रम तथा परामर्श सेवामा विशष छुट पाउनेछन् । यस समझदारीले लघुवित्त क्षेत्रमा मानव संसाधनको स्तरोन्नतिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.