२०७७ माघ २२ गते १०:३० नरेन्द्र रौले
काठमाडौं । २०३८ सालतिर वीर अस्पताल पछाडिको महाबौद्ध क्षेत्र पुरै खेतबारी थियो । अहिलेको पुस्तालाई त पत्याउन मुस्किलै पर्ला । तर, महाबौद्धमै घर भएका डा. हेरम्ब बहादुर राजभण्डारीको आँखामा त्यसबेलाका दृश्यहरू झल्झली आईरहन्छन् । साढे ३ रोपनी जग्गामा उनले अनार, भोगटे, आलु, काउली फलाएका थिए ।
महाबौद्धमा बस्ती त पातलै थियो । तिनै गल्लीमा चहलपहल भने बाक्लै भईरहन्थ्यो । त्यसबेला हेरम्ब बहादुर राजभण्डारीको नामका अगाडी डाक्टर झुन्डिसकेको थिएन । हेरम्बले तिनै गल्लीहरुमा दही बेच्ने काम गर्थे । दैनिक २० लिटर दुध संकलन गरेर त्यसैलाई दही बनाउँदै बेच्नु उनको दैनिकि थियो । यसको व्यापार निकै फस्टाईरहेका बेला उनको मनमा अर्को आइडिया फुर्यो ।
दही बेच्दा बेच्दै हेरम्बले आइसक्रिम बेच्न थाले । त्यसबेला अमात्य इन्टरप्राइजेजले क्वालिटी आइसक्रिम बेच्थ्यो । अर्को आइसक्रिमको ब्राण्ड निरुलाजको पनि दबदबा थियो । जुन होटल अन्नपूर्णको मातहतमा चल्थ्यो ।
‘यी दुबै आइसक्रिमलाई हामीले कच्चा पदार्थ बेच्न थाल्यौं, पछि बिस्तारै आफैले उत्पादन गरेर एन्डीज् आइसक्रिम बेच्न थाल्यौं, राजभण्डारीले सुनाए ।
पुख्र्यौली जग्गामा सानो पसलबाट हेरम्बको व्यापार सुरु भयो । मारवाडीले घडी, रेडियो र इलोक्टोनिक पसल सुरु गरे । विस्तारै अन्य पसल पनि सुरु भए । मारामार व्यापार हुन्थ्यो ।
हेरम्बको पसलमा ग्राहकहरुको लाइन यति बढ्न थाल्यो कि काउन्टर नै राख्नु पर्ने भयो । हेरम्ब, उनका भाइ र २ जना स्टाफलाई डेरीको काममा भ्याइनभ्याइ हुन थाल्यो ।
दुध, दही, चिज, आइसक्रिमपछि फास्टफुड पनि सुरु भयो । लगानी ४० हजार रुपैयाँ मात्रै । २०३८ सालदेखि अहिलेसम्म आइपुग्दा नेपाल डेरीले लामो यात्रा पार गरेको छ । महाबौद्धको गल्लीबाट सुरु भएको नेपाल डेरीले अहिले ठूलो रुप लिइसकेको छ ।
हात्तिबनमा १७ रोपनिमा जग्गामा नेपाल डेरीको उद्योग फैलिएको छ । जहाँ ३ सय जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । ८७ वर्षीय हेरम्ब बहादुर राजभण्डारी नेपाल डेरीको चेयरम्यानको कुर्सीमा छन् । उनमा अझै उस्तै सक्रियता छ । उनले जग हालेको व्यवसायमा परिवारका अन्य सदस्यहरूले पनि साथ दिइरहेका छन् ।
नेपाल डेरीको उद्योगमा पूर्व सर्लाहीदेखि नवलपरासीको दाउन्ने पारीबाट दुध भित्रिन्छ । दैनिक १४ हजारदेखि २० हजार लिटर दुध संकलन गरिन्छ । दैनिक ४ हजार परिवारले यसबाट प्रत्यक्ष रोजगारी पाइरहेको नेपाल डेरीका निर्देशक अरनिको राजभण्डारी बताउँछन् ।
‘त्यहीा दुधलाई प्रशोधन गरेर हामी विक्री वितरण गर्दै आएका छौं,’ अरनिको सुनाउँछन् ।
उनका अनुसार डेरीको यसै व्यापारबाट मात्रै मासिक १५ लाख रुपैयाँ कारोबार हुने गरेको छ । अहिलेसम्म जम्मा ५० करोड रुपैयाँ लगानी भइसकेको उनी बताउँछन् ।
उनले डेरी खोल्नका लागि मेसिनमा २ करोड ३० लाख रुपैयाँ खर्चिए ।
यो व्यवसायमा निकै खट्नुपर्छ । चाडबाड होस् कि अन्य बेलामा अहोरात्र खट्नुपर्छ । दुधबाट बिभिन्न परिकार बनाएर बजार बिस्तार गर्न सकिने सम्भाबना उनले औंल्याए ।
‘मोजेरिला चिज पिज्जाको बेग्लै पसल सुरु गर्न सकिन्छ, यस्तै, खुवा र पाउडर बनाएर पनि बेच्न सकिन्छ,’ उनले थपे ।
हेरम्बले ३४ वर्ष सरकारी सेवामा बिताए । दुग्ध विकास संस्थानमा जिएम, पशु सेवा विभागमा डिजी र कृषि मन्त्रालयमा सचिव जस्ता उच्च ओहदामा रहेर उनले अनुभब बटुलिसकेका छन् ।
एउटा सामान्य टाइपिस्टबाट काम सुरु गरेका उनले काम र व्यवसायलाई सागसँगै अघि बढाए । वि.सं २०११ मा कोलम्बो प्लानमा छनौट भएर कृषिविज्ञान पढेका उनले फिलिपिन्सबाट डेरी साइन्समा एमएस्सी गरेका छन् । डेरी साइन्समै २०२६ सालमा पीएचडी गर्ने पहिलो नेपालीका रुपमा उनले आफ्नो नाम लेखाए ।
महाबौद्धको व्यापारिक हब
नेपाल डेरी सुरु भएको महाबौद्धको यो ठाउा अहिले व्यापारिक हब बनिसकेको छ । पहिले यहाा तीन फिटको मात्र बाटो थियो । अहिले भने वीर हस्पिटल आउने बाटाहरु धेरै बनिसकेका छन् । यहााको टोल र छिमेकीहरु मिलेर बाटो खोलेका हुन् । चोकैपिच्छे हरेक आइटम पाइने पसलहरु छन् । घडी, मोबाइल, गार्मेन्ट, इलोक्ट्रोनिक्स र लुगा पसलहरुमा बाक्लै चलहपहल भइरहन्छ ।
‘यी गल्लीहरुमा हिंड्दा अचेल म आफै हराउँछु, यो ठाउको चार्म बढ्दै गएको छ,’ अरनिकोले भने ।
चाइनिज सामानका लागि महाबौद्ध प्रख्यात छ । यो व्यापारिक हब कै रुपमा स्थापित भइसकेको छ । एकै ठाउामा सबै सुविधा उपलब्ध छ ।
‘एक अर्कामा मिलेर बस्ने हो भने प्रगति गर्न सकिने उदाहरण हो यो, यसलाई म भगवानको बरदान मान्छु । यस्तो उदाहरण विरलै भेटिन्छ,’ अरनिकोले सो ठाउाको उदाहरण दिदै भने ।
आफ्नो प्रयासले मात्र यो सम्भब नभएको छरछिमेक र यहााका व्यवसायीको प्रयासमा सम्भब भएको उनी बताउँछन् ।
डेरीबाट रेस्टुराँतिर पाइला
डेरीको व्यवसाय गर्दागर्दै राजभण्डारी परिवारले फास्टफुडतिर हात हाल्यो । महाबौद्धमा आफ्नै भवन । भाडा तिर्नु नपर्ने । भूँइ तलामा बेकरीका बिभिन्न आइटम, चिज, आइसक्रिम र केकहरु बिक्री हुन थाल्यो । माथिल्लो तलामा रेस्टुराँ । जहाँ बर्गर, पिज्जा, लगायतका आइटम बिक्रि हुन्छन् । डेरी जस्तै रेस्टुराँ क्षेत्रमा पनि एन्डिज आइसक्रिम एन्ड फास्ट फुडले राम्रै बजार लियो । राजधानीमा यसका शाखा बिस्तार हुँदै गए ।
एन्डिजका निर्देशक अरनिकोका अनुसार दैनिक रेस्टुराँले २ लाख रुपैयाँ बराबर कारोबार गर्छ । यसमा लगानी भने ५ करोड रुपैयाँ नाघिसकेको उनी बताउँछन् । कुनै बेला रेस्टुराँले पाँच वटा शाखा विस्तार गरिसकेको थियो । देशमा माओवादी सशस्त्र विद्रोह सुरु भएपछि शाखाहरु खुम्चिए । अहिले महाबौद्ध बाहेक मरु गणेशस्थानमा पनि यसको शाखा छ । रेस्टुराँले एक सय जनालाई रोजगारी दिएको छ ।
कोभिड १९ को महामारीपछि ७ महिना रेस्टुराँ बन्द भयो । आफ्नै भवन, भाडा तिर्न नपरेकोले ठूलो असर नगरेको अरनिको बताउँछन् । अब त रेस्टुराँको व्यापारले गति पक्रिन थालिसकेको छ । तर, सरकारले ९ बजे नै होटल, रेस्टुराँ बन्द गर्ने क्रम तत्काल रोक्नु पर्ने उनले माग गरे । १२/१ बजे सम्म खोल्न दिए अझै चहलपहल बढ्नेमा उनलाई विश्वास छ ।
‘व्यापार र व्यापारीप्रति सरकार संकिर्ण छ, पर्यटकहरुले खर्च गर्ने वातावरण पनि त हुनुपर्यो,’ उनी भन्छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
Nepal deri ramro ta cha but yaska sellsmen haru dherai out of track chan yastia chala ho vane chitai company ko sakh sakin ber lagdain
Maile saman ko lagi dherai request garda ni Saman dienn
Imadol