इन्स्योरेन्स र लघुवित्तसहित ११ कम्पनीको सेयर कारोबार रोक्का, कुन कुनकाे ?

  २०७७ माघ २६ गते १९:४८     विकासन्युज

काठमाडौं । नेप्सेमा सूचीकृत ११ वटा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्स्चेञ्जले इन्स्योरेन्स, माइक्रोफाइनान्स, हाइड्रो लगायत ११ वटा कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो ।

नेप्सेले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन नेपाल धितोपत्र बोर्डमा पेश नगरेको भन्दै धितोपत्र सूचीकरण विनियमावलीमा रहेको व्यवस्था अनुसार यी कम्पनीको दोश्रो बजारमा सेयर कारोबार बन्द गरिदिएको हो ।

नेप्सेले सोमबार(माघ २६ गते) एक सूचना मार्फत ११ कम्पनीको सेयर कारोबार रोक्का गरिएको जानकारी दिएको हो । जसमध्ये सबैभन्दा बढी जलविद्युत कम्पनी रहेका छन् । कारोबार रोक्का भएका ११ कम्पनीमध्ये ७ जलविद्युत, १ बीमा र ३ लघुवित्त कम्पनी रहेका छन् ।

जलविद्युत अन्तर्गतका नेपाल हाइड्रो डेभलपर, युनिभर्सल पावर कम्पनी, पन्चकन्या माई हाइड्रोपावर, रैराङ हाइड्रोपावर डेभलपमेन्ट, पाँचथर पावर कम्पनी, युनियन हाइड्रोपावर कम्पनी र राधि विद्युत कम्पनीको कारोबार रोक्का भएको छ ।

त्यस्तै, बीमा कम्पनीमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार रोक्का भएको छ । त्यसैगरी, कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त वित्तीय संस्था र नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पनि अघिल्लो आवको वित्तीय विवरण बुझाएका छैनन् । र, दाेश्राे बजारमा सेयर काराेबार राेक्का भएकाे छ ।

नेप्सेले कम्पनीकाे सम्पूर्ण विवरण बुझाएपछि मात्रै साे कम्पनीको सेयर कारोबार फुकुवा गर्ने बताएको छ । यद्यपि, विवरण नबुझाएसम्म सेयर कारोबार बन्द नै हुने नेप्सेले जानकारी गराएकाे छ ।

2 comments on "इन्स्योरेन्स र लघुवित्तसहित ११ कम्पनीको सेयर कारोबार रोक्का, कुन कुनकाे ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.