शिवम् सिमेन्ट्सको नाफा १६ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ २०३ रूपैयाँ बढी

  २०७७ माघ २७ गते ११:५४     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आवको पहिलो ६ महिनामा खुद नाफा १६.१३ प्रतिशतले बढाएको छ । कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आवको सो अवधिमा सो मात्रा अर्थात ८ करोड १९ लाख रुपैयाँले नाफा बढाउन सफल भएको हो ।

कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासको अपरिष्किृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५८ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ५० करोड ७७ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीले ४ अर्ब २९ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जसमध्ये बिक्री आम्दानी ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने अन्य आम्दानी ३ करोड ४८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले कुल ४ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, कम्पनीको कुल खर्च घटेर ३ अर्ब ५८ करोड रुपैयाँमा झरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २६.८० रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०३.८३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तीको मूल्य २८६.४४ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.