इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

  २०७७ माघ २७ गते १२:२३     विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति(एक्विजिशन) गर्ने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच माघ २६ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारी पत्रमा इन्फिनिटी लघुवित्तको तर्फबाट बलराम विष्ट र नेपाल एग्रो लघुवित्तको तर्फबाट विवेक श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

नवलपुरको गैनडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्तले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८, विन्ध्यावासिनीमा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने लागेको हो । नेपाल एग्रोको जिल्ला कार्यक्षेत्र १० वटा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.