२०७७ माघ २७ गते १४:२९ सन्ताेष राेकाया
काठमाडौं । पूर्वी इलाममा चिया प्रशोधन कारखाना नुहुँदा किसानलाई समस्या भएको छ । इलामका विभिन्न ठाउँमा उत्पादन हुने चिया प्रशोधनका लागि चिया प्रशोधन कारखाना नहुँदा किसानहरुलाई समस्या भइरहेको हो ।
जिल्लाको सबैभन्दा बढी चिया उत्पादन हुने क्षेत्र सुर्योदय नगरपालिका हो । सो नगरपालिकाका अधिकांश किसानहरु सहकारीमा आवद्ध छन् । ती किसानहरुले आफुले उत्पादन गरेको चियालाई प्रशोधन गर्नको लागि चिया प्रशोधन काराखानाको अभाव देखिएको बताएका छन् ।
जिल्लाको सबैभन्दा बढी चिया उत्पादन हुने क्षेत्र सुर्याेदय नगरपालिकाकाे पनि कन्याम हो । कन्याममा रहेका किसानहरुले उत्पादन गरेकाे चिया अर्थात कच्चा पदार्थ प्रशाेधन गर्नको लागि कारखानाको अभाव रहेको बताएका हुन् ।
कन्याम चिया सहकारी संस्थाका अध्यक्ष ख्यामराज प्रधानले सहकारीमा आवद्ध १ सय ६५ सेयर सदस्य र अन्य त्यस ठाउँका किसानहरुले उत्पादन गरेको चिया प्रशोधन गर्न कारखानाको अभाव रहेको बताए ।
उनका अनुसार किसानहरुले वार्षिक ९ लाख केजी चिया उत्पादन गर्छन् । ‘हामीसँग करिब साढे ५ लाख केजी प्रशोधन गर्ने क्षमताको कारखाना छ, अन्य कच्चा पदार्थ हामी निजी कारखानाहरुलाई दिन्छौं, यस पटक १ लाख ११ हजार मेट्रिक प्रशोधन गरिएको थियो,’ किसानहरुले चिया उत्पादन गरेपनि त्यसकाे प्रशाेधन गर्ने कारखानकाे अभाव छ, हामीसँग प्रयाप्त कारखाना नहुँदा सहकारीहरुले उत्पादन गरेकाे चिया निजी कारखानालाई बुझाउनु पर्ने अवस्था छ, ’ उनले भने ।
यस्तै, उनले सहकारीमा आवद्ध किसानहरुले बढी चिया भएर प्रशोधन केन्द्र नै अभाव हुने भए पनि निजी क्षेत्रलाई भने प्रशाेधन गर्ने चियाको अभाव हुने बताए । ‘निजी क्षेत्रबाट सञ्चालित कारखानाहरु ठूलो क्षमताका छन्, सहकारीबाट सञ्चालित साना क्षमताका छन्, सहकारीले उत्पादन गरेको चिया प्रशोधन नै गर्न नसकेर निजी कारखानामा दिन्छौं, निजीले ठूलो क्षमताका भएर चिया नै पाउँदैनन्,’ उनले भने ।
हाल सो क्षेत्रमा सहकारीबाट सञ्चालित ४ उद्योग सहकारीबाट र ५९ वटा उद्योगहरु निजी क्षेत्रबाट सञ्चालित छन् । समग्र जिल्लामा भने १ सयभन्दा बढी चिया कारखाना छन् ।
इलामका विभिन्न क्षेत्रका अधिकांश कृषकहरूले चियाखेती गर्दै आएका छन् । जिल्लामा उत्पादन भएको चियालाई प्रशोधन गर्ने ठूलो क्षमताको कारखाना नहुँदा कृषकहरू मर्कामा पर्दै आएका थिए । तर, सहकारीमा आवद्ध किसानहरुले अहिले पनि निजी कारखानाहरुलाई बुझाउनु परेको अवस्था छ ।
प्रशोधन केन्द्रबाट ग्रिन टी, ह्वाइट टी, गोल्डेन टी, ब्ल्याक टीलागयतका तयारी चिया उतपादन हुने गरेको प्रधानको भनाई छ ।
सन् २००९ देखि चिनियाँ उपकरण ल्याएर प्रशोधन गरेपछि ग्रीन, ह्वाइट र उलङजस्ता स्पेशियालिटी टी को उत्पादन भएको र ती चिया भारतबाहेक अन्य बजारमा पुग्दा फाइदा पुगेको चिया उद्योगी बताउँछन् । चिया उत्पादनका लागि पूर्वी नेपालका इलाम, पाँचथर र धनकुटा जिल्ला प्रख्यात मानिन्छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.