नेप्सेमा ७ कम्पनीको सेयर कारोबार फकुवा, बिहीबारदेखि किनबेच गर्न पाइने (कुन कुनको)

  २०७७ माघ २८ गते १९:३८     विकासन्युज


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कारोबार रोक्का भएका विभिन्न ७ वटा कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । गत आर्थिक वर्षको विवरण नबुझाएर कारोबार रोक्का भएका कम्पनी मध्ये ७ कम्पनीले बुझाएसँगै नेप्सेले सो कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो ।

नेप्सेले गत माघ २६ गते मात्रै विभिन्न ११ वटा कम्पनीको सेयर कारोबार रोक्का गरिदिएकाे थियो । जसमध्ये ७ कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेकोले उक्त कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको नेप्सेले जनाएको छ । जसमध्ये १ विकास बैंक, १ इन्स्योरेन्स, १ लघुवित्त र ४ हाइड्रो रहेका छन् ।

नेप्सेका अनुसार कर्णाली डेभलमपेन्ट बैंक, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर कम्पनी, पाँचथरपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, र राधि विद्युत कम्पनीको दोश्रो बजार कारोबार फुकुवा भएको छ ।

यससँगै, यी कम्पनीको भोलि (माघ २९ गते) बिहीबारदेखि दोश्रो बजारमा कारोबार हुने छ र लगानीकर्ताले सेयर किनबेच गर्न पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.