आशा लघुवित्तले सम्पन्न गर्यो कर्जा जोखिम व्यवस्थापन तालिम

  २०७७ माघ २९ गते १८:२९     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले २ दिने कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संस्थाले तालिम सम्पन्न गरेकाे हाे ।

यही माघ २८ र २९ गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत ५५ जना फिल्ड कर्मचारीहरुको सहभागीता रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले उद्घाटन गरेको कार्यक्रममा वहाले तालिम कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जोखिम व्यवस्थापन सम्बन्धी तालिम भोजराज बश्यालले तथा सकारात्मक सोच, उत्प्रेरणा सम्बन्धीश्री राजबहादुर गिरीले प्रशिक्षण दिएका थिए । साथै उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रबिन खतिवडा,दिपेन्द्र खनालतथा रामकृष्ण न्यौपानेले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति गरे भने जिवसन धामीले सुचना प्रविधि सम्बन्धी तालीम प्रदान गरेका थिए ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्तले ‘बिपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी-६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदाै १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ६० हजार सदस्यलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब ३ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.