खाद्य बैंकले चाँडै आईपीओ निष्काशन गर्ने, सेयरधनीका रुपमा जोडिए ४ सय ९१ जना

  २०७७ फागुन १० गते १४:१२     विकासन्युज

काठमाडौं । हालै स्थापना भएको राष्ट्रिय खाद्य बैंकले आईपीओ निष्काशन गर्ने बताएको छ । सोमबार बैंकले पत्रकार सम्मेलन गर्दै आम सर्वसाधारणहरुलाई यो परियोजनामा संलग्न गराउनका सरकारको नीति नियममा रहेर चाँडै नै आईपीओ निष्काशन गर्ने बताएको छ ।

बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले कृषिजन्य वस्तुको उत्पादन, भण्डारण र बजारिकरण गर्ने उद्धेश्यका साथ स्थापना भएको बैंककले कृषि र कृषकको हितका लागि काम गर्ने बताए ।

‘पोसिलो आधारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापना भएको बैंकले सातै प्रदेश र सबै स्थानीय तहहरुमा आफ्ना शाखा विस्तार गरी काम गर्ने योजना बनाएको छ ।

हाल २ अर्बको पुँजी भएको बैकले विस्तारै पुँजी वृद्धि गरी हरेक प्रकारका खाद्यान्न उत्पादन, भणडरण र बजारिकरण गर्ने बताए ।

‘हामीले खाद्य बैंक मार्फत खाद्यान्न, फलफूल, हरियो तरकारी, माछा, मासु दहि, दुध, अण्डासहित नगदेबालीदेखि जडिबुटीसम्म आफै उत्पादन गरेर बिक्री वितरण गर्छौं, कृषकलाई आत्मनिर्भर बनाउने हाम्रो चाहना हो,’ उनले भने ।

उनका अनुसार हालसम्म सेयरधनीका रुपमा ४९१ जना बैंकमा आवद्ध भइसकेका छन् । अधिकतम १ हजार जना यसमा आवद्ध गराउने आफुहरुको योजना हरेको यनले बताए ।

सरकारी बाँझो जग्गा, सामुदायिक वन तथा गुठीका खाली जग्गाहरू, खोला छेउछाउका खाली जग्गा तथा बगर, विद्युत प्रशारण लाइन मुनीका खाली जग्गा लिजमा लिएर कृषि उत्पादन बढाउने अभियानमा बैंक लागेको उप्रेतीले बताए ।

‘अन्य बैंकहरुले पैसा लिने–दिने कारोबार गर्नुहुन्छ, हामीले सामान उत्पादन, भण्डारण तथा बजारिकण गरी उपभोक्तासमक्ष हामीले उत्पादन गरेको वस्तु पर्याउँछौं, मुख्य उद्धेश्य नै उत्पादनको काममा जोड दिने हो,’ उनले भने ।

सम्बन्धित समाचार

२४९ जना मिलेर खोले खाद्य बैंक, २ अर्ब पुँजी रहेको बैंकले उत्पादन र बजारिकरण आफैले गर्ने

One comment on "खाद्य बैंकले चाँडै आईपीओ निष्काशन गर्ने, सेयरधनीका रुपमा जोडिए ४ सय ९१ जना"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.