२०७७ फागुन ११ गते १८:०७ विकासन्युज
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेकाे छ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन सम्बन्धि परेको मुद्दालाई सदर गर्दै प्रतिनिधिसभा सभा विघटनलाई असवैधानिक भनेकाे छ ।
विघटन भएको सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।
यस्तो छ सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ
Copyright © 2024 Bikash Media Pvt. Ltd.