२०७७ फागुन १३ गते १६:५३ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (फागुन १३ गते) तीन वटा वाणिज्य बैंक र एक लघुवित्तको गरी ४ कम्पनीको बोनस सेयर नेप्सेमा थपिएको हो ।
बोनस सेयर सूचीकृत हुनेमा कृषि विकास बैंक, मेगा बैंक नेपाल, स्ट्याण्डार्ड चाटर्ड बैंक र ग्लोबल आईएमई लघुवित्त रहेको छन् ।
जसमध्ये कृषि विकास बैंकको १५ प्रतिशत अर्थात एक करोड ४३ लाख ३४ हजार ६९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, मेगा बैंक नेपालको एक करोड ३३ लाख २२ हजार ६९५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।
त्यसैगरी, स्ट्यार्डड चाटर्ड बैंकको पनि ७ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । बैंकको ५६ लाख ८ हजार एक कित्ता बोनस सेयर दोश्रो बजारमा सूचीकृत भएको हो ।
त्यस्तै, लघुवित्त अन्तर्गतको ग्लोबल आईएमई लघुवित्तको २७.४७ प्रतिशत अर्थात ७ हजार १३ लाख ९१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
यससँगै, यी चारवटै कम्पनीको बोनस सेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ । त्यसपछि मात्रै दोश्रो बजारमा किनबेचको लागि योग्य हुन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.