२०७७ फागुन १८ गते १८:०९ विकासन्युज
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ कराेड ३१ लाख रूपैयाँ बराबरकाे साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले निकट भविष्यमा सर्वसाधारणलाई एक सय अंकित दरको ३५ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्ने लागेको हो ।
उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त गर्ने सम्झाैता भएकाे छ । उक्त सम्झाैतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध संचालक अमृतकुमार महर्जन तथा सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
कूल ३५ लाख ३१ हजार कित्ता सेयरमध्ये आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई ८ लाख २ हजार ५ सय कित्ता सेयर छुट्टयाईएको छ ।
मोलुङ्ग हाइड्रोपावर कम्पनीको ७ मे.वा. क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट २०७४ चैत १२ गतेबाट व्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ । मिति २०७७ माघ २५ गते सम्पन्न कम्पनीको ११ औं वार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी वृद्धि गरी एक अर्ब र जारी पुँजी बृद्धि गरी ८० करोड २५ लाख रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।
उक्त निर्णय पश्चात कम्पनीले सेयर संरचना अन्तर्गत जारी पुँजीको ५६ प्रतिशत अर्थात ४४ लाख ९४ हजार कित्ता संस्थापक सेयर र ४४ प्रतिशत अर्थात ३५ लाख ३१ हजार कित्ता सर्वसाधारण सेयरको सार्वजनिक निष्काशनबाट पुँजी कायम गर्ने भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.