२०७७ फागुन २५ गते १३:४० विकासन्युज
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई ३४ लाख ३० हजार कित्ता प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । सो मात्राको सेयर निष्काशन गर्नको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो नियुक्ति सम्झौतामा रिभर फल्स पावरका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।
रिभर फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.