२०७७ फागुन २६ गते १६:३७ विकासन्युज
काठमाडौं । अरुण हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । कम्पनीले फागुन २५ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
यससँगै कम्पनीले १ बराबर ०.५ प्रतिशतको अनुपातमा अर्थात ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।
उक्त सेयर निष्काशन गर्ने प्रयोजनको लागि संस्थाले आगामी चैत ९ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय फागुन २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.