घरेलु लघुवित्तले भुक्तानी गर्यो बीमा दाबी रकम

  २०७७ फागुन २८ गते १६:००     विकासन्युज

रौतहट । घरेलु लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय लौकाहा रौतहटले बीमा दाबी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला परोहा नगरपालिका बडा नं ४ की सदस्य मान्ती देवीको मृत्यु पश्चात निज सदस्यको छोरा सहिन्द्र प्रसाद यादवलाई काजक्रिया खर्च बापतको बीमा रकम १० हजार रूपैयाँ संस्थाका शाखा प्रमुख रुपेश कुमार झाले उपलब्ध गराएका छन् ।

संस्थाले आफ्ना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःख को समयमा संस्थाले सहयोग स्वरुप रकम उपलब्ध गराइदिएको भन्दै केन्द्रका सम्पूर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएको छ ।

उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रमुख रुपेश कुमार झा र सो केन्द्रका केन्द्र संचालक राकेश यादवको उपस्थिति रहेको थियो भने केन्द्रको सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.