ग्रीन लाइफ हाइड्रोको आईपीओ सूचीकृत, मंगलबारदेखि कारोबार हुने

  २०७७ चैत २ गते १२:५९     विकासन्युज

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावरको १ करोड ८० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर चैत २ गते नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै कम्पनीको उक्त सेयर भोलि अर्थात (चैत ३ गते) मंगलबार देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल जीएलएच दिइएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ९९.६७ रुपैयाँ र अधिकतम २९९.०१ रुपैयाँ तोकेको छ ।

साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको पुतलीसडकस्थित सानिमा क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.