नागरिक लगानी कोषको ३० वर्षे यात्राः एक खर्ब ६३ अर्ब रुपैयाँ लगानी, विभिन्न ११ वटा योजना ल्याउन सफल

  २०७७ चैत ४ गते २३:१३     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोष स्थापनाको ३० वर्ष पार गरी ३१औं वर्षमा प्रवेश भएको छ । २०४७ सालमा स्थापना भई सञ्चालनमा आएको कम्पनीले आज (चैत ४ गते) होटल याक एण्ड यतिमा आफ्नो ३१औं वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालले यो अवधिमा कोषले एक खर्ब ६३ अर्ब ३० करोड रुपैयाँ लगानी गर्न सफल भएको बताएका छन् ।

त्यस्तै, कोषले विभिन्न ११ वटा योजना ल्याउन सफल भएकाे छ । जसमा करिब ७ लाख ५० हजारभन्दा बढी सहभागीहरु आवद्ध भएका कोषका कार्यकारी निर्देशकनेपालले जानकारी गराए ।

याे अवधिमा कोषले कर्मचारी बचत वृद्धि अबकास कोष, उपदान तथा पेन्सन कोष, एकांक योजना, लगानीकर्ता हिसाव योजना, निजामती बीमा कोष, शिक्षक बीमा कोष, सैनिक बीमा कोष, नार्क बीमा कोष, नेपाल प्रहरी बीमा कोष, सशस्त्र प्रहरी बीमा कोष,राष्ट्रिय अनुसन्धान बीमा कोष तथा नागरिक पेन्सन लगायतका योजना ल्याइसकेकाे छ ।

योसंगै कोषले सहभागी कर्जा, परियोजना कर्जा, सरकारी क्रणपत्र तथा धितोपत्र लगानी जस्ता क्षेत्रमा कार्य गरी देशको कुल ग्राहस्थ्र्य उत्पादनमा योगदान पुर्याउँदै आएको छ । त्यस्तै, चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा कोषको खुद मौज्दात रकम एक खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

कोषले हाल उपत्यका बाहिर बिराटनगर र पोखरामा शाखा कार्यालय संचालन गरीरहेको छ । यसलाई थप विस्तार गर्दै चालु आर्थिक वर्षमा सुदुरपश्चिम प्रदेशको अत्तरिया र लुम्बिनी प्रदेशको बुटवलमा शाखा विस्तारको लागि भवन भाडामा लिई कार्य संचालन गर्ने तर्फ कोषले काम शुरु गरिसकेको कार्यकारी निर्देशक नेपालले बताए ।

कोषले विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता महसुस गरी नयाँ सफ्टवेयर संचालनमा ल्याइसकेको जानकारी दिए । कोषको भौतिक पूर्वाधार, मानविय पूर्वाधार र नियम कानुनका पूर्वाधारहरुमा सुधार र संसोधन भैरहेको भन्दै उनले संगठनात्मक संरचनालाई अझ व्यवसायिक बनाउन र ऐन नियम कानुनको परिधिभित्र बसेर आफनो कार्यलाई अगाडि बढाएको धारणा राखे । उनले नेपालको आर्थिक वृद्धि एवं नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारको नीति, योजना, अठोट एवं प्रणमा साथ रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.