२०७७ चैत ४ गते २३:३३ विकासन्युज
काठमाडौं । नागरिक लगानी कोषले नयाँ बानेश्वरस्थित सेवाग्राहीमैत्री नयाँ भवन निमार्णको ९० प्रतिशत काम सम्पन्न गरेको छ । कम्पनीको ३१औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै कोषका कार्यकारी निर्देशक रमण नेपालले सो बताएका हुन् ।
चालु आर्थिक वर्ष भित्रै कोषले सोहि भवनबाट सबै प्रकारका सेवा प्रवाह गर्ने उनले जानकारी गराएका छन् । साथै, अहिले कार्यालय रहेको स्थानमा भने नयाँ भवन निमार्ण गरिने उनले बताए ।
त्यस्तै, गत आर्थिक वर्षको लेखापरीक्षणको काम सकिएको जानकारी गराउँदै उनले यथाशक्य छिटो वार्षिक साधारणसभा गर्ने योजना रहेको बताए ।
कोषले जवानीमा कमाउँ र बुढेशकालमा रमाउँ भन्ने उद्देश्यका साथ स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई लक्षित गरि नागरिक पेन्सन योजना कार्यान्वयन ल्याएको छ । यसैसन्दर्भमा कोषले हालसालै मात्र पर्वत जिल्लाको फलेवास नगरपालिकासँग आवद्ध भई करिब ७५३ तथा असंगठित क्षेत्रका मजदुरहरु मदजुरहरुलाई यसक्षेत्रमा समावेश गरिसकेको छ । त्यस्तै, सोहि नगरपालिकाले थप १२०० सोहि प्रकृतिका विपन्न र असंगठित क्षेत्रका मजदुरहरु समावेश गर्ने प्रकृयामा कोष रहेको छ ।
यसैगरी, अन्य नगरपालिकासँग पनि सहकार्य गर्ने कोषको लक्ष्य रहेको छ । साथै, नागरिक पेन्सन योजनामा मेटलाइफ इन्स्योरेन्सका अभिकर्ताहरु पनि आवद्ध भएका कार्यकारी निर्देशक नेपालले बताए ।
कोषले पुँजीबजारमा संस्थागत लगानी भित्र्याउँने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना गरेको छ । कम्पनीमा कोषको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ भने पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी रहेको ५० प्रतिशत सेयर सर्वसाधारणमा जारी गरिने छ ।
सम्बन्धित समाचार
Copyright © 2024 Bikash Media Pvt. Ltd.