२०७७ चैत ५ गते ११:५८ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा पौने ३ करोड बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ । चैत ४ गते ग्लोबल आईएमई बैंकसहित ३ कम्पनीको गरी २ करोड ८४ लाख ८२ हजार ६४९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
एकैदिन ग्लोबल आईएमई बैंक, लक्ष्मी विकास बैंक र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
जसमध्ये ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी सेयर सूचीकृत भएको छ । बैंकको १४ प्रतिशत अर्थात २ करोड ६५ लाख ६६ हजार २३१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, लक्ष्मी विकास बैंकको ७ प्रतिशत अर्थात १९ लाख १ हजार ४१८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यसैगरी, नेपाल सेवा लघुवित्तको सबैभन्दा थोरै अर्थात १५ हजार कित्ता(२.५ प्रतिशत) बोनस सेयर नेप्सेमा थपिएको हो ।
यससँगै यी तीन कम्पनीको सो मात्राको सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.