२०७७ चैत ५ गते १६:३६ विकासन्युज
काठमाडौं । सूचीकृतमध्ये तीन वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीबार मात्रै दुई वाणिज्य बैंक र एक लघुवित्तको गरी एक करोड १३ लाख ८० हजार १६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सो दिन नेपाल बङ्गलादेश बैंक (एनबी), सेञ्चुरी कमर्शियल बैंक र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको गरी सो परिणामको सेयर नेप्सेमा थपिएको हो ।
जसमध्ये नेपाल बङ्गलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस र २२ हजार ८२९ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।
त्यस्तै, सेञ्चुरी कमर्शियल बैंकको ६१ लाख ८९ हजार ५७९ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।
त्यसैगरी, महिला सहयात्रा लघुवित्तको १० प्रतिशत अर्थात एक लाख २१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
यससँगै यी तीन कम्पनीको सो मात्राको सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
सम्बन्धित समाचार
Copyright © 2024 Bikash Media Pvt. Ltd.