२०७८ वैशाख १० गते ८:१३ विकासन्युज
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अगामी बैशाख ३१ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको बानेश्वरस्थित कम्पनीको कार्यालयमा भर्च्युअल माध्यमबाट गर्न लागेको हो ।
सभामा कम्पनीले साधारण सेयर (आईपीओ) निश्काशन गर्ने सम्बन्धी प्रस्तावमा आवश्यक निर्णय गर्ने छ । सो सम्बन्धी कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । जुन स्वीकृत हुने प्रकृयामा रहेको छ । कम्पनीले २५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नको लागि बोर्डसँग अनुमति मागेको हो ।
त्यस्तै, सभाले कम्पनीको नयाँ सञ्चालक समितिको गठन गर्ने छ । कम्पनीको नाममा भएका अन्य विभिन्न कम्पनीका सेयर बिक्री गर्न तथा खरीद सम्बन्धी निर्णय पनि सभाले गर्ने छ ।
साथै, सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन तथा सो वर्षको लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणमा छलफल गरी स्वीकृत गर्ने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.