२०७८ वैशाख १३ गते १०:३० विकासन्युज
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबिएल एस क्यापिटल लिमिटेडको ‘एनआईबिएल समृद्धि फण्ड-२’ नामक म्युचुअल फण्ड आज बैशाख १३ गतेदेखि बिक्री खुला भएको छ । यससँगै इच्छुक लगानीकर्ताले उक्त फण्डमा लगानी गर्न पाउने भएका छन् ।
बन्दमुखी प्रकारको यो योजनाको आकार १ अर्ब २० करोड रुपैयाँ बराबरको रहेको छ । प्रतिइकाई मूल्य १० रुपैयाँ दरको १२ करोड इकाई मध्ये बीज पूँजीबापत १० लाख इकाई योजना व्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि निष्काशन गरिने छ । त्यस्तै, कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिने क्यापिटलले जनाएको छ ।
इच्छुक आवेदकले आगामी बैशाख १३ गतेदेखि छिटोमा बैशाख १७ गतेसम्ममा इकाई किन्न सक्ने छन् । उनीहरुले १० रुपैयाँको प्रतिइकाईका दरले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड २० लाख इकाईसम्मको खरिदका लागि आवेदन दिन सक्ने छन् । क्यापिटलका अनुसार न्युनतम ६ करोड इकाई बिक्री हुनुपर्ने र अधिकतम १५ करोड इकाई सकारिने छ । सो मात्राको इकाई बिक्री भएपश्चात इकाई बिक्री बन्द गरिने छ ।
यो योजना ईकाई बाँडफाँड भएको मितिले १० वर्षमा परिपक्क हुने छ । सो अवधि पश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानुन बमोजिम वितरण गरने छ ।
उक्त फण्ड बिक्रीको लागि कोष प्रर्बद्धकको रेटिङ्ग ‘इक्राएनपी माइनस आईआर ए’ र योजना व्यवस्थापकको रेटिङ्ग इक्राएनपी एएमसी क्वालिटी थ्री प्लस (एमसीथ्रीं) रेटिङ्ग पाएको थियो ।
योजनाको उद्देश्य
यो योजनाले इकाई बिक्रीबाट संकलित रकम धितोपत्र बजारमा लगानी गरी दक्ष लगानी सेवाद्वारा योजनाका लगानीकर्तालाई सर्वाधिक प्रतिफल दिने छ । साथै, एक संस्थागत लगानीकर्ताको हैसियतबाट बजारको दिगो विकासमा सघाउ पर्याउने उद्देश्यले यस योजनाका इकाईहरु निष्काशन गरिएको क्यापिटलले जनाएको छ ।
सम्बन्धित समाचार
Copyright © 2024 Bikash Media Pvt. Ltd.