२०७८ वैशाख १४ गते १४:३० विकासन्युज
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर बैशाख १४ गते मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै कम्पनीको उक्त सेयर बुधबार (बैशाख १५ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘एसएचईएल’ दिइएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ तोकेको छ ।
साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको त्रिपुरेश्वरस्थित मेगा क्यापिटल मार्केटस्लाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.