२०७८ वैशाख १६ गते ११:४९ विकासन्युज
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामबहादुर खड्का नियुक्त भएका छन् । बैशाख १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खड्कालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यससँगै नवनियुक्त सीईओ खड्काले आगामी ४ वर्षसम्म संस्थाको कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.