अरुण हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने म्याद थपियो

  २०७८ वैशाख २३ गते १७:२७     विकासन्युज

काठमाडौं । अरुण हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हाल जारी भइरहेको हकप्रद सेयरमा आवेदन दिने म्याद थपिएको छ । कम्पनीले हालको परिस्थितिलाई मध्यनजर गर्दै उक्त सेयरमा आवेदन दिने समय थप ७ दिनको लागि थपेको हो ।

बैशाख २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त सेयरमा आवेदन दिने म्याथ जेठ २ गतेसम्मका लागि थप्ने निर्णय गरेको हो ।

कम्पनीले गत बैशाख ६ गतेदेखि १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो । उक्त सेयरमा आवेदन दिने म्याद बैशाख २६ गतेसम्म रहेको थियो । कम्पनीले म्याद थपेसँगै सेयरधनीले आगामी जेठ २ गतेसम्म कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.