युनाइटेड इन्स्योरेन्सको खुद नाफा ३३५.९३ प्रतिशतले बढ्यो

  २०७८ वैशाख २७ गते १५:०४     विकासन्युज

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा खुद नाफामा ३३५.९३ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ करोड २१ रुपैयाँ मात्रै खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा ५ करोड २७ लाख रुपैयाँ कमाउन सफल भएको हो ।

नाफासँगै खुद बीमाशुल्क पनि ५३.१२ प्रतिशतले बढेर ३७ करोड ८५ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उक्त शुल्क २४ करोड ७१ लाख रुपैयाँ मात्रै थियो ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब २ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ११ करोड १८ लाख रुपैयाँ, बीमा कोषमा ३३ करोड ३७ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ६९ लाख १४ हजार रुपैयाँ सञ्चित रहेको कम्पनीले जनाएको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३९.७७ गुणा रहेको छ ।

त्यस्तै, इन्स्योरेन्सले यस अवधिसम्ममा १ लाख ८ हजार १०८ वटा बीमालेख जारी गरि ८७ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । साथै, कम्पनीले ३ हजार २९१ वटा दाबी बापत ४० करोड ३३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने ४ हजार ६८३ वटा दाबी बापत ६९ करोड १३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.